Routine of our Cinema

Routine of our Cinema Page which give complete information about nepali cinema

चलचित्रबाट आमा र आबाट आमा २ मा काम गरेका कलाकार प्रदीप राउतको निधन भएको पुष्टि भएको छ । क्यान्सर रोगबाट पीडित राउतको ७४ ...
04/08/2026

चलचित्रबाट आमा र आबाट आमा २ मा काम गरेका कलाकार प्रदीप राउतको निधन भएको पुष्टि भएको छ । क्यान्सर रोगबाट पीडित राउतको ७४ वर्षको उमेरमा आज निधन भएको हो। हार्दिक श्रद्धाञ्जली वरिष्ठ कलाकार राउत।

Sad Reality
24/07/2026

Sad Reality

Let’s boycott these type of directors and team
11/07/2026

Let’s boycott these type of directors and team

अभिनेत्री काजल कर्णले नेपाली फिल्म क्षेत्रमा मधेसी मूलका कलाकारले भोग्नुपर्ने कुरूप विभेद र अपमानको खुलासा गरेकी छन्।३५०...
11/07/2026

अभिनेत्री काजल कर्णले नेपाली फिल्म क्षेत्रमा मधेसी मूलका कलाकारले भोग्नुपर्ने कुरूप विभेद र अपमानको खुलासा गरेकी छन्।

३५० भन्दा बढी भोजपुरी, मैथिली तथा नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी काजलले फिल्म ‘चिरञ्जिवी भव:’ को छायांकनका क्रममा आफूमाथि नश्लीय टिप्पणी र अमानवीय व्यवहार भएको दाबी गरेकी हुन्।

सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै उनले फिल्मको सेटमा मधेसी भएकै कारण आफूलाई ‘मधेसेनी’ भन्दै जिस्काइएको र आफ्नो रङ तथा भूगोलमाथि उपहास गरिएको पीडा सार्वजनिक गरेकी छन्।

Is this a jock or reality????🤣🤣🤣🤣
04/07/2026

Is this a jock or reality????
🤣🤣🤣🤣

Messi enters in 60th minutes.
28/06/2026

Messi enters in 60th minutes.

‘लालीबजार’ले त्यो आँकडा पार गर्ला कि त्यसअघि नै यात्रा रोकिएला?के ‘लालीबजार’ले अब पनि १० करोड रूपैयाँको आँकडा पार गर्न स...
24/06/2026

‘लालीबजार’ले त्यो आँकडा पार गर्ला कि त्यसअघि नै यात्रा रोकिएला?

के ‘लालीबजार’ले अब पनि १० करोड रूपैयाँको आँकडा पार गर्न सक्ला? कि कमाइको सुस्त गतिले त्यसअघि नै यात्रा रोकिएला?

वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको फिल्मको सप्ताहिक कमाइ अहिले बिस्तारै घट्दो क्रममा छ। अघिल्लो आइतबार (जेठ ३१)सम्म ९ करोड १६ लाख ६५५ रूपैयाँ कमाएको फिल्मले असार ७ गतेसम्म कुल ९ करोड २८ लाख १४ हजार ५०५ रूपैयाँ कमाइ गरेको छ।

अर्थात्, पछिल्लो एक सातामा थपिएको रकम करिब १२ लाख रूपैयाँ मात्रै हो। त्यसअघि भने यही अवधिमा झन्डै ३८ लाख रूपैयाँ कमाइ भएको थियो।

‘लालीबजार’ सुपरहिट भइसकेको छ। यसवर्षको अहिलेसम्मको सबैभन्दा धेरै कमाउने फिल्म बनिसकेको छ। हलमा लामो समय टिकिरहेको छ। ५१ औं दिन मनाउने बाटोमा देखिएको छ।

तर अहिले साप्ताहिक कमाइमा निरन्तर गिरावट देखिएको छ।

तपाईंको विचारमा ‘लालीबजार’ले अन्ततः १० करोड क्लबमा प्रवेश गर्ला कि नगर्ला? आफ्नो अनुमान कमेन्टमा लेख्न सक्नुहुन्छ है!

🤣🤣🤣
22/06/2026

🤣🤣🤣

अभिनेत्री लुनिभा तुलाधरले आफ्नो छोराको स्वास्थ्य अवस्था र समाजले हेर्ने दृष्टिकोणबारे एक भावुक अनुभव साझा गरेकी छिन्। हा...
13/06/2026

अभिनेत्री लुनिभा तुलाधरले आफ्नो छोराको स्वास्थ्य अवस्था र समाजले हेर्ने दृष्टिकोणबारे एक भावुक अनुभव साझा गरेकी छिन्। हालैको एक कार्यक्रममा बोल्दै उनले आफ्नो छोरामा अटिजम र 'एडीएचडी' (ADHD) रहेको र यो यात्रामा उनले भोगेका सामाजिक चुनौतीहरूबारे खुलेर चर्चा गरेकी हुन्।

लुनिभाका अनुसार छोरा जन्मिएको ५ महिनामै उनले बच्चामा केही भिन्नता महसुस गरेकी थिइन्। उनले भनिन्, "मेरो छोराले धेरै हात हल्लाउने गर्थ्यो। मेरा फुपाजु डा. अनिल तुलाधरले उसमा अटिजमको लक्षण रहेको बताउनुभएको थियो। धेरैले ढिलो थाहा पाउँछन्, तर मैले त ५ महिनामै मेरो बच्चा अरूभन्दा फरक छ भन्ने बुझिसकेकी थिएँ।"

नेपाली समाजमा अटिजमबारे अझै पनि चेतनाको ठूलो अभाव रहेको लुनिभाको अनुभव छ। आफ्नै परिवारभित्रका अग्रजहरूले पनि यसलाई फरक ढंगले हेर्ने गरेको उनले सुनाइन्। "मेरै हजुरबुवाले पनि 'तेरो बच्चा पागल हो?' भनेर सोध्नुहुन्थ्यो। समाजमा अझै पनि अटिजमलाई पागलपनका रूपमा बुझ्ने गरिन्छ, जुन एकदमै गलत हो," उनले भनिन्।

उनले सुरुका दिनमा आफूलाई थाइराइड भएको र ढिलो उमेरमा बच्चा जन्माएका कारण यस्तो भएको हो कि भनेर आफैँलाई दोषी समेत मानेको बताइन्।

अटिजम भएका बालबालिकाहरूमा विशेष क्षमता हुने कुरा उल्लेख गर्दै लुनिभाले आफ्नो छोरा गणितमा निकै प्रतिभाशाली रहेको बताइन्। "उ म्याथ्समा टप छ। उसलाई लेख्नमा समस्या भए पनि मौखिक रूपमा परीक्षा लिने हो भने उसले सजिलै एसईई उत्तीर्ण गर्न सक्छ। तर विडम्बना, हाम्रो देशको शिक्षा प्रणालीमा अझै पनि यस्ता बालबालिकाका लागि छुट्टै व्यवस्था छैन।"

अटिजम भएका बालबालिकाहरूलाई विद्यालयमा 'अल्छी' वा 'नसुन्ने' भन्दै कुटपिट गरिने गरेकोमा उनले चिन्ता व्यक्त गरिन्। "गाउँघरमा त अवस्था अझै भयावह छ। विद्यालयमा शिक्षकहरूले बच्चाको अवस्था नबुझी सजाय दिन्छन्। सरकारले अटिजम स्कुल खोल्ने कुरा त गरेको छ, तर त्यसको सही कार्यान्वयन र बुझाइ आवश्यक छ," उनले थपिन्।

उनका अनुसार उनको छोराले हाल ADHD को औषधी समेत खाइरहेका छन्, जसले उसको 'हाइपर-एक्टिभिटी'लाई नियन्त्रण गर्न मद्दत गर्छ।

लुनिभाले आफ्ना फुपाजु र बहिनीको उदाहरण दिँदै अटिजम भएका व्यक्तिहरू पनि सफल डाक्टर र बोर्ड फर्स्ट हुन सक्ने कुरामा जोड दिइन्। उनले अभिभावकहरूलाई आफ्नो बच्चाको अवस्था नलुकाउन र उनीहरूको विशेष क्षमतालाई पहिचान गरी उचित तालिम र वातावरण दिन आग्रह गरेकी छिन्।

जेठ २४ गते सम्म चलचित्रको बक्स अफिस कलेक्सन !
08/06/2026

जेठ २४ गते सम्म चलचित्रको बक्स अफिस कलेक्सन !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of our Cinema posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category