19/07/2026
🚴♀️CHITWAN KORA CHALLENGE 2026 🚴♀️
हिजो २०८३ साउन २ शनीबारका दिन साइकल यात्रा KORA च्यालेन्ज... वातावरण र पर्यावरण .. सफा राख्न तथा मानव स्वास्थ्यका लागि अति उपयोगी साइकिलिङ यात्रा हाम्रो संस्था MTB BUG, CHITWAN द्वारा आयोजित कार्यक्रम ५२.३ किलोमिटर दूरी नारायणगढ ,शिवघाट ,गौतम बुद्ध क्रिकेट रङ्गशाला ,शारदानगर ,गुन्जानगर पार्वतीपुर ,कृष्णचोक ,जगतपुर ,पटिहानी ,धनौजी ,सितामाई ,जंगलको यात्रा हुँदै गौरीगञ्ज ,बुद्धचोक ,चौबीसकोटी बाट कमलनगरको पर्व बेङ्कुट पुगेर समापन गरियो। उक्त यात्रामा सहभागी सम्पूर्ण साइकल यात्रीहरु संघ संगठनका साथीहरू डाक्टर साहबहरू रत्ननगर टाढी बाट आउनुभएका साइकल ग्रुपका साथीहरू लगायत यात्रालाई सहज र स्वागत गर्नुहुने बिहानको नास्ता उपलब्ध गराइदिनुहुने साथीहरू सुनिल मास्के ,राजेश शिल्पकार ,अमित जोशी ,सरोज श्रेष्ठ ,दिनेश चन्द्र ढकाल ,दिनेश लामिछाने।Emily Sara(brisket_babe) USA,रिजाल तासी प्रा. ली. बाट जुस ,श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट स्वागत सहित मिठो स्वादिष्ट मोही व्यवस्थापनको लागि सहयोग गरिदिनुहुने नेत्रजंग जि.सी., Yuva the clothing store अन्तमा आयोजक संस्थाको तर्फबाट बिहानको खानाको व्यवस्थापन सहित यात्राका जेष्ठ नागरिक श्री राजन श्रेष्ठ बाट सर्वप्रथम कार्यक्रमको उद्घाटन तथा मेडल प्रदान गर्ने प्रारम्भ भएको थियो। कार्यक्रमलाई भव्य र सभ्य बनाउन सल्लाह र सुझाव दिने अभिभावकहरू.... राजु गुरुङ ,मन्जिल बाबु मास्के ,सञ्जय प्रताप पाण्डे ,नेत्रजंग जि.सी. साजन पन्त ,कर्मा गुरुङ ,गुञ्जन मास्के..... प्राविधिक सहयोग गर्ने... साथीहरू असिम गुरुङ ,दिनेश ढकाल ,अमित जोशी ,दिनेश लामिछाने ,रुद्राक्ष जोशी ,नितिन श्रेष्ठ र क्यामरामा साथ र सहयोग गर्ने गाथा रेकर्ड्स क्षेत्रपुरका सागर राना मगर र अन्तमा कार्यक्रमलाई सफल बनाउन कार्यक्रमको उद्घोशिका श्रीमती प्रतिक्षा श्रेष्ठलाई MTB BUG तर्फबाट मुरीमुरी धन्यवाद दिँदै संस्थाका प्रबन्ध निर्देशक श्री प्रवीन श्रेष्ठज्यूबाट कार्यक्रम समापन गरियो। जय KORA,,,, जय साइकल,,,, जय MTB BUG CHITWAN...