Follow exchange

Follow exchange Follow follow back Facebook monetize

28/03/2026

बधाई छ छॅोंटे राजा लाई 😄 अनि सबै प्रजा हरुलाईपनि😄 नयाँ मन्त्रिमण्डल !!!बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री (Bal...
27/03/2026

बधाई छ छॅोंटे राजा लाई 😄 अनि सबै प्रजा हरुलाईपनि😄

नयाँ मन्त्रिमण्डल !!!
बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री (Balendra Shah – Prime Minister / Defense Minister)
• स्वर्णिम वाग्ले – अर्थमन्त्री (Swarnim Wagle – Finance Minister)
• सोविता गौतम – कानुनमन्त्री (Sobita Gautam – Law Minister)
• शिशिर खनाल – परराष्ट्रमन्त्री (Shishir Khanal – Foreign Minister)
• विराजभक्त श्रेष्ठ – ऊर्जा तथा जलस्रोत मन्त्री (Biraj Bhakta Shrestha – Energy and water resource minister)
• सुदन गुरुङ – गृहमन्त्री (Sudan Gurung – Home Minister)
• अमरेश सिंह – उद्योगमन्त्री (Amaresh Singh – Industry Minister)
• प्रमिला रावल – सामान्य प्रशासनमन्त्री (Pramila Rawal – General Administration Minister)
• गीता चौधरी – कृषिमन्त्री (Gita Chaudhary – Agriculture Minister)
• विक्रम तिमिल्सिना – सञ्चारमन्त्री (Vikram Timilsina – Communication Minister)
• दिपक साह (महोत्तरी) – श्रममन्त्री (Dipak Sah (Mahottari) – Labour Minister)
• सस्मित पोखरेल – शिक्षामन्त्री (Susmit Pokharel – Education Minister)
• खड्क (गणेश) पौडेल – पर्यटनमन्त्री khadak(Ganesh)Paudel – Tourism Minister)
• सिता वादी – महिला, बालबालिकामन्त्री (Sita Badi – Women and Children Minister)
• निशा मेहता – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री (Nisha Mehta – Health and Population Minister)




26/03/2026

Follow exchange

05/11/2024

अर्घाखाँचीको खिल्जि रातामाटामा यसरी भएको थियो दुर्घटना मिर्तकप्रति श्रद्धाञ्जली घाईतेको स्वास्थलाभको कामना😭😭😭😭 भैलि खेल्दा बाटोमा नखेलौँ😭😭 भगवान सबैको रक्क्षा गर😭😭

26/08/2024

श्रीकृष्ण जन्माष्टमीकाे
अवसरमा सम्पूर्णमा शुभकामना
🌹

10/08/2024

पशुपति कोटीहोममा अर्घाखाँची पाणिनी स्थित पणेनाको भजन प्रस्तुत !!!

मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन...
24/07/2024

मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा थप विवरण
विमानमा सवार:
१९ जना (१८ जना नेपाली र १ जना यमन नागरिक, मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू)
मृत्यु- १८ जना (teaching Hospital मा उपचाररत ३ जनाको मृत्यु )
उद्दार- १ जना (१ जना KMC Hospital)

14/07/2024

यस्तो अबस्थामा हुदा पनि 30 यात्रु बचाउने साहासि चालक सरकारको ध्यान जावस परिवार पर्ति सम्मान होस हार्दिक श्रद्धाञ्जली 😭😭 अनौथो छ समयको चक्रपनी

All the best Team 🇳🇵
04/06/2024

All the best
Team 🇳🇵

Big Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।सन्दीपले पाए सफाइ, बलात्कारी ठहर गर्ने...
15/05/2024

Big Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

सन्दीपले पाए सफाइ, बलात्कारी ठहर गर्ने जिल्लाको फैसला बदर

काठमाडौं
२-जेठ/ निलम्बित क्रिकेटर सन्दीप लामिछानेबारे जिल्ला अदालत काठमाडौंको फैसलालाई उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । मंगलबार र बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो । योसँगै लामिछानेले बलात्कार अभियोगमा सफाइ पाएका छन् ।

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो । उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका थिए । उच्चले सन्दीपको पक्षमा फैसला गरेको हो । सन्दीपलाई सफाइ दिन उच्च अदालतले केलाई आधार मान्यो खुल्न बाँकी छ ।

उच्च अदालतमा ११ फागुन २०८० मा सन्दीपको निवेदन दर्ता भएको थियो । त्यसयता पाँचपल्ट पेसी तोकिए पनि जेठ १ र २ गतेको सुनुवाइपछि फैसला आएको हो ।

उच्चको फैसलासँगै सन्दीपको क्रिकेट करिअर जोगिएको छ । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा हुनेछ भने अब विश्वकप खेल्न पनि पाउनेछन् । तर, गौशाला २६ सँग सर्वोच्च अदालत जाने विकल्प बाँकी नै छ ।

यो मुद्दामा के के भयो ?

६ भदौ २०७९ मा नेपालको राष्ट्रिय क्रिकेट टिम मैत्रीपूर्ण खेलका लागि केन्या जाँदै थियो । यसैका लागि सन्दीपसहितका खेलाडी बन्द प्रशिक्षणमा थिए । केन्या उड्नुभन्दा अघिल्लो रात बन्द प्रशिक्षणबाट निस्केर सन्दीप आफ्नी ‘फ्यान’ गौशाला( २६ लाई भेट्न गए । उनलाई गाडीमा राखेर नगरकोट गए । केही दिनदेखि सोसल मिडिया प्लेटफर्ममा कुराकानी गरिरहेका उनीहरू नगरकोटबाट फर्केर तिलगंगा अस्पतालछेउको गेस्ट हाउसमा बसे । भोलिपल्ट सन्दीप केन्या उडे ।

यसको १५ दिनपछि पीडित युवतीले २१ भदौ २०७९ मा सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै काठमाडौं गौशाला प्रहरीमा उजुरी दिइन् । उजुरी दर्ता भएको दुई दिनपछि २३ भदौ २०७९ मा नेपाल क्रिकेट संघ ९क्यान० ले अनुशासन उल्लंघन गरेकोमा सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गर्‍यो ।

सन्दीप देशबाहिरै थिए । उनी लुकेर बसेको टिकाटिप्पणी नेपालमा हुँदै थियो । यसबीचमा उनले सोसल मिडियामा एक पोस्ट लेख्दै आफू छिट्टै फर्किने र अनुसन्धानमा सघाउने बताएका थिए ।

उनी २० असोज, २०७९ मा विदेशबाट फर्के तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ गरी हिरासतमा लियो ।

१४ कात्तिक २०७९ मा काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध बलात्कार मुद्दा दर्ता भयो । हिरासतमै रहेका बेला २८ पुस, २०७९ मा पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्ने आदेश दियो । धरौटी बुझाएर सन्दीप बाहिर आए ।

१८ माघ, २०७९ मा क्यानले अनुशासन उल्लंघनको कारबाही गरिएको निलम्बन फुकुवा गर्‍यो । त्यो बेला नेपाली राष्ट्रिय टिमले देशबाहिर गएर महत्त्वपूर्ण प्रतियोगिताहरू खेल्नु थियो ।

सन्दीपका वकिलकै अनुरोधमा १६ फागुन, २०७९ मा सर्वोच्च अदालतले देशबाहिर गएर क्रिकेट खेल्न सन्दीपलाई अनुमति दियो ।

९ चैत, २०८० मा उनको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउन जिल्ला अदालत काठमाडौंले आदेश दियो । ७ जेठ, २०८० मा वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश भयो । ११ असार, २०८० मा गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतले आदेश दियो ।

१३ पुस २०८० मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासद्वारा सन्दीप लामिछानेले जबर्जस्ती करणी गरेको ठहर गरियो । सजाय निर्धारणका लागि २५ पुसको पेसी तोकियो ।

२५ पुस २०८० मा सन्दीपलाई आठ वर्ष जेल सजाय, पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति र ३ लाख रुपैयाँ जरिवाना सुनाइयो ।

१० फागुन २०८० मा सन्दीप आफैँ उपस्थित भएर उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन दिए । १२ चैतमा निवेदन दर्ता भयो । पीडित पक्षका तर्फबाट गौशाला २६ नाबालिग नै रहेकाले त्यसैबमोजिम थप सजाय माग गर्दै २ चैत २०८० मा पुनरावेदन गरिएको थियो ।

करिब दुई महिनामा पाँचपल्ट पेसी सरेर सुनुवाइ सुरु भएको भयो । २ जेठमा फैसला आयो ।

Address

अर्घाखाँची
Butwal
86

Alerts

Be the first to know and let us send you an email when Follow exchange posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Follow exchange:

Share