फेरी तिम्रो याद आयो

फेरी तिम्रो याद आयो शाहएरि,जोकस, कबिता को साथै अन्य रमाइलो प्रसँगहरु

11/27/2023

केहि वर्ष पर्ख न ल!
म त डेरामा बसेको मान्छे
अँध्यारो भविष्यको
घेरामा बसेको मान्छे
न त व्यापार छ
न त जागीर छ
मनभरि केवल पीर छ
अनिश्चित तक्दिर छ
अहिले त सक्दिन
केहि वर्ष पर्ख न ल!
गाउँको भत्किएको
घर बनाउनु छ
तिमी गुणवती छौ भनि
बा' आमालाई मनाउनु छ
अनि आउँला नि
तिम्रै आँगनमा
बाजा बजाएर
डोली सजाएर
केहि वर्ष पर्ख न ल!
के नै होला र आखिर,
मेरो कपाल झरेर
तालु खुइलिएला
माया त पलाइरहला नि!
तिम्रो मुहारमा चमक हराउला
मुस्कान त उहि
भेटिएला नि!
घरमा कुरा चल्यो भने
म त सधैँ टारूँला नि
बैशाखलाई मंसीर अनि
मंसीरलाई बैशाखमा
सारूँला नि!
तिमी पनि
टारिदेउ ल
बहाना बनाई सारिदेउ ल
धेरै दवाब आयो भने
झुटकै आँसु झारिदेउ ल
कुरा चले कुरा काट्नु
मिलाई मिलाई सधैँ ढाँट्नु
केहि त होला नि हाम्रो नि है!
केहि वर्ष पर्ख न ल!

11/27/2023

अब त पीडाबोध पनि एऊटा बानी भएछ,
मिठो लाग्ने l
मनमा पिर भएन भने के भएन, के भएन
जस्तो लाग्न थालेको छ l
जति बेला पनि भारी मन भएकै राम्रो हुन
थालेछ l
कुनै कारणबस
मनमा खुसि या रमाइलो जस्तो उदायो भने
आबुई! के भयो आज ? जस्तो लाग्न थालेछ lll

11/27/2023

पहिले कहिले यो याद हरु यो भावना थिएन
कहिल्यै मुटु मा मदहोशी झल्केको थिएन
थाहा छैन के असार गरेर गयो तिम्रो कुरा
नत्र यसरि कहिल्यै याद कसैको आएको थिएन

Address

1020 86th Street, Brooklyn
Chicago, IL
35062

Alerts

Be the first to know and let us send you an email when फेरी तिम्रो याद आयो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category